१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै दलियो कालोमोसो

४ फागुन, काठमाडाैं । दुग्ध विकास संस्था (डीडीसी)का महाप्रबन्धक सञ्जीव झालाई कालोमोसो दलिएकाे छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट संगठनका कार्यकर्ताहरूले महाप्रबन्धक झालाई शुक्रवार बिहान कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् । उनीहरूले कालोमोसो दलेको भिडियो समेत सार्वजनिक गरेका छन् ।

संघका अध्यक्ष हरिष भट्टले दुग्ध विकासको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकाले उनलाई कालोमोसो दलिएको बताए । संघले इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको, किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेको दाबी गरेको छ ।​

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १४:०१