सुर्खेतमा भरुवा बन्दुकसहित एक जना पक्राउ
५ मंसिर,सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित मङ्गलबार एक जनालाई पक्राउ गरेको छ । बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो ।
बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पुलामीलाई हातहतियार खरखजना मुद्दाअन्तर्गत कारवाही गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार ०९:१०












