१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता


३ फागुन, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा बन्द भएकाे छ । यस दिन ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार पनि हिमालयन रि इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २२ करोड ८५ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो । त्यस्तै, सगरमाथा जलविद्युतको ११ करोड ५९ लाख रुपैयाँ, जोशी हाइड्रोपावरको १० करोड ७५ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १५:२१