१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

गरिमा विकास बैंकको ५ लाख २५ हजार कित्ता सेयर बिक्रीमा


२ फागुन, काठमाडाैँ। गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी (समूह क) का सेयरधनीहरुको ५ लाख २५ हजार ९१०.२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएकाे सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन पेश गर्न सक्नेछन् । साे सेयर खरिद गर्नइच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र लाजिम्पाटमा रहेको बैंककाे प्रधान कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ । साथै, ताेकिएकाे समय अवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै आवेदन नआएमा अन्य,व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १२:०५

https://srdb.com.np/