सन्दीप लामिछानेलार्इ अर्काे सफलता, लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने पक्का
४ मंसिर, काठमाडौँ । सन्दीप लामिछानेलार्इ अर्काे सफलता मिलेकाे छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) मा आबद्ध भएका छन्। सन्दीपलाई मंगलबार भएको अक्सनमा लाहोर क्वालान्डर्सले भित्र्याएको हो। उनलाई गोल्ड क्याटागोरीबाट लाहोरले पहिलो नम्बरमै आफ्नो टिममा आबद्ध गरेको हो। योसँगै सन्दीपले न्युनतम ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

सन्दीप आवद्ध टिममा पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, पाकिस्तानकै मोहमद हाफिज, यासिर साह, वेस्ट इन्डिजका कार्लोस बाथवेट, दक्षिण अफ्रिकाका कोरि एन्डर्सन छन्। आगामी १४ फेब्रुअरीदेखि १७ मार्चसम्म यूएई र पाकिस्तान हुने पिएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी,क्येवा ग्लाडिएर र द सिक्थ टिम रहेका छन्।
प्रकाशित मिति : November 20, 2018 at 5:17 pm







