२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

पाल्पा चिदिसामा जिप दुर्घटना ११ जनाको मृत्यु, १४ जना घाइते

१ फागुन, काठमाडाैँ । सिद्धार्थ राजमार्गको पाल्पा चिदिसामा जिप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार राति चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमामै बाँकीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३३ वर्षका रामबहादुर अस्लामी र उर्मिला अस्लामी रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताएका छन । मृतक अन्यको पहिचान खुल्न बाँकी छ भने दुर्घटनामा १४ भन्दा बढी घाइते भएका छन । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार २२:१७