१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सरकारले घटायो बजेटको आकार, १५ खर्ब ३० अर्बमा सीमित

२९ माघ, काठमाडाैँ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार २ खर्ब २० अर्ब रुपैयाँले घटाएका हुन्।

समीक्षामार्फत अर्थमन्त्री महतले बजेटको आकार १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेका छन्। यो कुल बिनियोजनको ८७.३८ प्रतिशत हो । उनले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए। जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.८४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १६:४८