१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

तारागाउँ रिजेन्सीको नाफा ७१ प्रतिशतले बढ्यो

२९ माघ, काठमाडाैँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा होटलले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी २०.२१ प्रतिशत बढेको छ भने अन्य आम्दानी १८.७६ प्रतिशत घटेको छ। १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा ८६ करोड १० लाख रुपैयाँ रहेको छ। नाफासँगै होटलको प्रतिसेयर आम्दानी ८ रुपैयाँ बढेर १९ रुपैयाँ २५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६४ पैसा रहेको छ  ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १०:५५