१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण


२५ माघ, काठमाडाैँ। कामना सेवा विकास बैंकले जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौं मनपा वडा नं.३,रानीबारी चोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ निर्माण गरी हस्तान्तरण गरेको हो ।

उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेण्डरको पेशालाई सहज र व्यवस्थित बनाउनका लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेण्डर सर्भिस बुथ निर्माण गरिएको बैंकले जनाएको छ ।

उक्त बुथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं ३ का वडा सदस्य सिता थापाले गरेकी हुन् । बैंकले यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरि उनिहरुको जीविकोपार्जन गर्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १६:०६

https://srdb.com.np/