अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२५ माघ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार बजार ५.७० अंकले बढेर २०९६.३८ को विन्दुमा बन्द भएकाे छ ।
बिहीबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको यस दिन १७ करोड ५९ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, चन्द्रगिरी हिल्सको ८ करोड ५९ लाख ४६ हजार रुपैयाँ, अपी पावर कम्पनीको ७ करोड ३२ लाख ९५ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड ९७ लाख १८ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ करोड ९५ लाख ४९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १५:१२












