७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२५ माघ, काठमाडौँ । साताको पाँचौं कारोबाको दिन बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको  दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार ११:१७