प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से
२५ माघ, काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेरको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५३ अंकले बढेर २०९४.१७ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा २५ स्टकको ४ करोड २५ लाख २६ हजार ९१३ रुपैयाँ ५० पैसा बराबरको ४९ हजार ४६२ कित्ता सेयर कारोबार भएको छ।
प्रकाशित मिति : February 8, 2024 at 11:01 am









