१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

महालक्ष्मी विकास बैंकको सीइओमा दिपेश लम्साल नियुक्त


२४ माघ, काठमाडाैँ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत  (सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले लम्साललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले आज माघ २४ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हालेका छन् । बैठकले उनलाई ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो । लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैकिङ्ग अनुभव रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १०:३७

https://srdb.com.np/