संघीय संसदका कार्यवाहक महासचिव पाण्डेयले दिए राजीनामा
२३ माघ, काठमाडाैँ । संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले पदबाट राजीनामा दिएका छन्। पाण्डेयले मंगलबार राजीनामा दिएका हुन्।
आजकै मितिदेखि लागू हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयको राजीनामा स्वीकृत गरेका छन् ।

प्रकाशित मिति : February 6, 2024 at 5:28 pm










