१२ फाल्गुन २०८२, मंगलवार | Wed Feb 25 2026

एमाले नेता नेम्वाङको स्वास्थ्यमा सुधार

२३ माघ, काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री वसन्त कुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। गत माघ १७ गते एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन पुगेका नेम्वाङलाई ब्रेन स्ट्रोक भएको थियो। सोही दिन उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो । अहिले उनको उपचार त्यहीँ भइरहेको छ ।

उनकी श्रीमती भुमिका सुब्बाले सामाजिक  सञ्जालमार्फत् नेम्वाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जानकारी दिएकी हुन् । ‘उहाँको स्वास्थ स्थितिबारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आइरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेको छैन। हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको यसैमार्फत् जानकारी गराउन चाहन्छु,’ उनले लेखेकी छन् छन्।

साथै, उनले चिकित्सकको सल्लाहअनुसार बाहिरी संक्रमणबाट जोगाउन परिवारका केही सदस्य बाहेकलाई भेटघाट नगराउनू भन्ने निर्देशन आएकाले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने जानकारी दिएकी छन्।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १२:४५