बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर
२३ माघ, काठमाडाैँ । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ। बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर भएकाे पुष्टि गरेको हो ।
७५ वर्षीय राजा चार्ल्सलाई क्यान्सर देखिएको तर कुन प्रकारको क्यान्सर लागेको भन्ने नखुलेकाे बिबिसीले बकिमहम प्यालेसलाई उदृत गर्दै लेखेको समाचारमा उल्लेख छ ।
प्यालेसले विज्ञप्ति जारी गरी राजालाई क्यान्सर भएको जानकारी दिए पनि अन्य विवरण सार्वजनिक गरेको छैन। राजाले आफूलाई क्यान्सर भएकोबारे दुवै सन्तानलाइ खबर गरेका छन् ।
अमेरिकामा रहेका राजकुमार ह्यारी उक्त खबरपछि बेलायत फर्किने लागेकाे र विलियम पिता चार्ल्ससँग नियमित सम्पर्कमै रहेको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ११:४६