२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध किटानीसहितको पुरक जाहेरी, पक्राउको बाटो खुल्यो


२२ माघ, काठमाडौँ । कास्कीको सूर्यदर्शन सहकारी पीडित समूहले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० रवि लामिछानेविरुद्ध किटानी जाहेरी दिएको छ । सोमबार सो समूहले पुरक जाहेरीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेका विरूद्धमा किटानी जाहेरी दर्ता भएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविका व्यवसायिक साझेदार जिबी राईका विरूद्धमा प्रहरीले इन्टरपोल मार्फत डिफ्यूजन नोटिस जारी गरिसकेको छ । सोमबार प्रहरी कार्यालयमा लामिछानेसहित थप १८ जनाविरुद्ध पुरक जाहेरी परेको हो । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार यसअघि नै  जिबी राईसहित १९ जनाविरुद्ध जाहेरी परेको थियो ।

योसँगै प्रहरीका लागि रवि लामिछानेलाई अनुसन्धानको दायारामा ल्याउने बाटो खुलेको छ । साथै प्रहरीले संसदलाई जानकारी गराएर लामिछानेलाई पक्राउ गर्ने बाटो समेतसँगै खुलेको छ । जिबीलाई नेपालबाट रविले नै भगाएको आरोप समेत लाग्दै आएको छ । रवि र जिबी लगायतले अबैध रूपमा क्रिप्टो करेन्सीको व्यापार समेत गरेको शंका प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १९:२१