प्रि ओपन सेसनमा बढ्यो नेप्से
२२ माघ, काठमाडाैँ । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२२ अंकले बढेर २०६३.९२ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा २९ स्टकको १९ लाख १० हजार ६१३ रुपैयाँ १० पैसा बराबरको ४ हजार ८२३ कित्ता सेयर कारोबार भएको छ।
प्रकाशित मिति : February 5, 2024 at 10:57 am









