जनार्दन ढकालकाे सूर्यचन्द्र कन्स्ट्रक्सन रसुवाबाट सवैभन्दा धेरै कर तिरेर सम्मानित
मंसिर ३, रसुवा । जनार्दन ढकालकाे सूर्यचन्द्र कन्स्ट्रक्सन रसुवाबाट सवैभन्दा धेरै कर तिरेर सम्मानि भएकाे छ । सूर्यचन्द्र कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक जनार्दन ढकाल सम्मानित भएका हुन् ।

सातौं राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजश्व कार्यालय बालाजुले सोमबार सदरमुकाम धुन्चेमा एक कार्यक्रमको आयोजना गरी ढकाललाई सम्मान गरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले दोसल्ला ओढाई सम्मानपत्रद्धारा सम्मानित गरे।

आर्थिक वर्ष २०७३/०७४ मा जिल्लाबाट राज्यलाई सबैभन्दा बढी आयकर तिर्नेमध्येबाट छनौट गरी ढकाललाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय बालाजुका प्रमुख कर अधिकृत इन्द्रबहादुर देवकोटाले बताए।

ढकाल रसुवाका पूर्व सांसदसमेत हुन्। उनले यसअघि लगातार तिन पटक जिल्लाबाट उत्कृष्ट करदाताको सम्मान पाएका थिए।
प्रकाशित मिति : November 19, 2018 at 5:31 pm







