१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, यी बिषयमा भयो कुराकानी

१९ माघ, काठमाडाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले उनीहरूबीच शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ता भएको हाे ।

भेटमा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी कामका साथै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत अन्य विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । यही माघ २२ गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक हुँदैछ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार ११:५०