७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

लगातार बढ्दै सुनको भाउमा, यस्तो छ कारोबार मूल्य

१९ माघ, काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि  सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार ११:०३