२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अर्बपति विनोद चौधरीका भाइ अरूण पक्राउ


१८ माघ, काठमाडाैँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अर्बपति विनोद चौधरीको भाइ व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । चौधरीलालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिहीबार पक्राउ गरेको हो ।

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आरोपमा सीआईबीले सिजी होल्डिङ्सका अध्यक्ष समेत रहेका अरुण चौधरीलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । चौधरीमाथि जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको आरोप छ ।

सिआइबीले चौधरीसहित बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पनि पक्राउ गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १३:४६