१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सबै अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन

१८ माघ, काठमाडौं । सरकारले काठमाडौं पोखरा, भैरहवा र पूर्ण क्षमताको बारामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडेलमा संचलान गर्ने बारे अध्ययन समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो । विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सहित पाँच सदस्यीय समिति गठन गरिएको हो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १३:१५