७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१८ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि डलरको मूल्य निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसरा आज  एक अमेरिकी डलरको खरिददर १३२.५८ रुपैयाँ र बिक्रीदर १३३.१८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज एक यूरोको खरिददर १४३.७२ रुपैयाँ र बिक्रीदर १४४.३७ रुपैयाँ ताेकिएकाे छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.१४ रुपैयाँ र बिक्रीदर १६८.९१ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.२५ रुपैयाँ र बिक्रीदर ८७.६५ रुपैयाँ रहेको छ । एक कतारी रियालको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ रहेको छ । आज एक बहराइन डिनारको खरिददर ३५१.६४ रुपैयाँ र बिक्रीदर ३५३.२३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १०:०३