३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

१७ माघ, काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकामा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । उनी अद्र्धशतक बनाउनबाट मात्र दुई रनले चुके । केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।

बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १७:३६