३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

ललितपुरका तत्कालीन मालपोत अधिकृतविरुद्ध ४ करोड ४० लाखको भ्रष्टाचार मुद्दा दायर

१७ माघ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।

अभियुक्त भट्टराईउपर बिगो रु चार करोड ४० लाख १५ हजार नौसय २९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौँमा आरोपत्र दायर गरेको हो।

प्रकाशित मिति : January 31, 2024 at 9:48 am