७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

आज पनि बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य

१६ माघ, काठमाडौँ । निरन्तर दोस्रो दिन पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावला सुन प्रतितोला एक लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँ कायम भएको थियो । यसैगरी,  आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ४२० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदी एक हजार ४०५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार ११:०८