७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको भाउमा गिरावट, आज यस्तो छ कारोबार मूल्य

११ माघ, काठमाडौँ । साताको पाँचौ कारोबार दिनबिहीबार सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुनको भाउ स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आज  चाँदीको भाउ २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ११:०९