शंकर पोखरेलले अपदस्थ गरेका कर्णालीका उपसचिव शाहीलाई काम गर्न निर्वाचन आयोगको पत्र
५ माघ, काठमाडौँ । नेकपा (एमाले)को प्रदेश चुनावमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले इच्छाएका व्यक्ति समग्रमा २५ प्रतिशतले मात्र जिते । आफूले वचन दिएका र आफ्ना अनुकुलका उम्मेदवार पराजित भएपछि महिला सहभागिताको नाममा कर्णालीका निर्वाचित उपसचिव अपदस्थ गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको निर्णय केन्द्रीय निर्वाचन आयोगले अस्वीकार गरेको छ ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले एक पत्र लेख्दै अधिवेशनबाट विधिवत रूपमा निर्वाचित भएका रमेशकुमार शाहीलाई हटाउन निमल्ने भन्दै काम गर्ने गरी पत्राचार गरेका छन । यसअघि मंसिर ११ मा महासचिव शंकर पोखरेलले महिला सहभागिताको नाममा शाहीलाई अपदस्थ गर्दै पद्मा खड्का विजयी भएको घोषणा गरेका थिए ।
निर्वाचनको माध्यमबाट नेतृत्व चुनिएको कर्णालीमा अध्यक्ष र महासचिवले हस्तक्षेप गरेर पनि आफू अनुकुलको उम्मेदवार जिताउन नसकेपछि महिला सहभागिताको नाममा शाही माथ कु गरेका थिए । तर डा सुब्बाको निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनबाट चुनिएका उम्मेदवारलाई जिम्मेवारीबाट हटाउन पार्टी केन्द्रले गरेको निर्णय गलत भएको ठहर गरेको छ ।
असोज १० गतेदेखि १५ गतेसम्म कर्णाली प्रदेशमा एमालेको अधिवेशन भएको थियो । असोजमा भएको उक्त अधिवेशनबाट विजयी भएका शाहीलाई हटाउन पार्टी हेडक्वार्टरले मंसिर ११ मा प्रदेश कमिटीलाई पत्र नै पठाएको थियो । अ
ध्यक्ष ओली र महासचिव पोखरेलले गरेको निर्णय कार्तिक २२ मा ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले अनुमोदन समेत गरेको थियो । उक्त बैठकले प्रथम कर्णाली प्रदेश अधिवेशनबाट उपसचिव पदमा निर्वाचित भएका रमेशकुमार शाहीलाई उपदस्थ गरी गरी पद्मा खड्कालाई बहाल गर्ने निर्णय गरेको थियो ।

एमालेको केन्द्रीय निर्वाचन आयोगको माघ ३ बुधबार बसेको बैठकले निर्वाचन परिणाम, पार्टी विधान, निर्वाचनसम्बन्धी नियमावली, निर्वाचनसम्बन्धी सामान्य अभ्याससमेतका आधारमा रमेशकुमार शाही नै वैधानिक उपसचिव भएको ठहर गरेको छ । डा विजय सुब्बाले आफू ओली र पोखरेलको निशानामा पर्न सक्ने चुनौति समेत स्वीकार गर्दै न्यायपूर्ण तवरबाट निर्णय गरेका छन । एमालेमा पछिल्लो समय अध्यक्ष ओली र महासचिव पोखरेलको विपरित हुनेगरी विचार राख्ने र गतिबिधि गर्नेहरू किनारामा पुर्याइने गरेको छ।
निर्वाचन आयोगको पत्रमा भनिएको छ, ‘निर्वाचनसम्बन्धी सामान्य अभ्याससमेतका आधारमा रीतपूर्वक नै रहेको देखिएको हुँदा रमशेकुमार शाही प्रदेश कमिटीको उपसचिव पदमा वैधानिक रूपमा निर्वाचन भएको देखिएकाले निजलाई प्रदेश कमिटीमा उपसचिव पदमा रही कामकारबाही गर्न दिनू भनी सम्बन्धित कमिटीमा लेखी पठाउने भन्ने पार्टी केन्द्रीय निर्वाचन आयोगको सचिवालयको मिति २०८०र१०र०३ मा निर्णय भएको हुँदा सोहीबमोजिम गर्न गराउन हुन जानकारीका लागि अनुरोध छ ।’
कर्णालीमा पोखरेल समूहका नेताहरू नै दुई समूहमा विभाजित भएर चुनाव लडेको भन्ने गरिएको छ । यद्यपी पोखरेलले इच्छाएकाहरू चुनावमा भारी मतान्तरले पराजित हुन पुगेका थिए ।

प्रकाशित मिति : January 19, 2024 at 10:54 pm










