७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

निरन्तर घट्दै सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

४ माघ, काठमाडौँ । सातकाे पाँचाैँ काराेबारकाे दिन बिहीबार सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार ११:१६