२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

भारतीय नम्बरप्लेटको जीप त्रिशूलीमा खस्यो


२ माघ, चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

मंगलबार बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनले डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको पनि जानकारी दिए । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

डिएसपी थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको छ ।  स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो । केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको तर मानिसहरूको बारेमा केही पत्ता नलागेको डिएसपी थापाले बताए । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ०८:३६