२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

समृद्धि फाइनान्सको साधारणसभा सम्पन्न, सञ्चालकमा रामकुमार बर्तौला नियुक्त


२९ पुस, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे साधारसभा सम्पन्न भएकाे छ । फाइनान्सकाे साधारसभा पुस २८ गते शनिबार मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न भएकाे हाे ।

सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले रिक्त रहेको सञ्चालक पदमा रामकुमार बर्तौलालाइ नियुक्त गरेको छ । उनी पद्मोदय प्रा.लिको  प्रतिनिधित्व गर्दै संस्थापक समुहबाट निर्वाचित भएका हुन् । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगदप्रवाह विवरण माथि छलफल गर्ने, आ.व.२०८०/ ८१ लागि बाह्य लेखा परिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरुमा छलफल सहित पारित गरेको छ ।

सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत रेका थिए । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।  नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ताडिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १२:३३

https://srdb.com.np/