९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

अमेरिका पठाइदिन्छु भनेर २३ लाख ठगी गर्ने बेन्जु पक्राउ

२६ पुस, काठमाडाैँ । अमेरिका पठाइदिन्छु भनि ठगि गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्। बेन्जुले अमेरिका पठाइदिन्छु भनेर पिडितबाट २३ लाख ५० हजार ठगेर फरार भएकी थिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रूपैयाँ लाग्ने बताएकी थिइन्।

रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रूपैयाँ लिएपछि बेन्जु सम्पर्कविहीन बनेकी थिइन्। पडित अमरबहादुरको उजुरीका आधारमा बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : January 11, 2024 at 2:03 pm