१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

दुई लघुवित्तले लाभांश वितरण नगर्ने, सेयरधनीकाे हात खाली

२६ पुस, काठमाडाैँ । दुई लघुवित्त कम्पनीले लाभांश वितरण नगर्ने भएका छन् । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि लाभांश वितरण नगर्ने भएका हुन् । यी कम्पनीका लगानीकर्ताकाे हात खाली हुने भएकाे छ ।

गत कात्तिक २२ गते बसेको धौलागिरी लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गरेकोमा पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  कम्पनीको यो निर्णयसँगै सेयरधनीले गत आवको मुनाफाबाट लाभांश नपाउने भएका छन् ।

त्यसैगरी, पुस २६ गते बसेको किसान लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफामै राख्ने निर्णय गरेको छ।

प्रकाशित मिति : January 11, 2024 at 10:40 am