२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

बलात्कारी ठहर सन्दीपलाई ८ वर्षकाे कैद, ५ लाख क्षतिपूर्ति भराउन आदेश


२५ पुस, काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

बलात्कार मुद्दामा उनी पुस १३ गते शुक्रबार जिल्ला अदालतका काठमाडाैँबाट बलात्कारी ठहर भएका थिए । न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको भन्दै सन्दिपलाइ बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।

सन्दिप लामिछानेलाई मुलूकी अपराध संहिता २०७४ को दफा २१९ (१,२)को देहाय (ङ) बमोजिमको कसूर कायम भएको गरेको छ ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १६:५१