७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बुधबार पनि सुनको भाउमा गिरावट, यस्तो छ कारोबार मूल्य

२५ पुस, काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १०:५३