३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

गाँजा मिसाएर केक बिक्री गर्ने एक जना घट्टेकुलोबाट पक्राउ

२२ पुस, काठमाडाैं । केकमा गाँजा मिसाएर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोले गत शुक्रबार काठमाडौं महानगरपालिका-१९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको हो।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनी सहित उनको घरबाट गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला १७८ ग्राम, ७५४ ग्राम गाँजा बरामद गरेको छ।

इन्स्टाग्राममा अकाउन्ट मार्फत मानन्धरले केक बिक्री गरिरहेका थिए । उनले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : January 7, 2024 at 5:13 pm