१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मोहन बस्नेतले बदनीयतपूर्वक काटेको वीरका बिरामीको खाना खर्च प्रकाशशरण महतले दिए

१९ पुस, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बदनीयत पूर्वक काटेको वीर अस्पतालका बिरामीको खाना र खाजा खर्च अर्थमन्त्री डा प्रकाशरण महतले निकासा दिएका छन । अर्थमन्त्री प्रकाशशरण महतको निर्देशनमा वीर अस्पतालका बिरामीलाई खाजा खाजा खुवाउन र अक्सिजन सेवा सुचारु गर्न साढे ४ करोड निकासा भएको मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बदमासीले अत्यावश्यक बजेट काटिएको थियो । मन्त्री बस्नेतले बदनीयतपूर्वक खाना र खाजाको पैसा काटिदिएपछि अस्पतालका बिरामीलाइ खाना र खाजा खुवाउन समस्या परेको थियो । बजेट नहुँदा अस्पतालमा अक्सिजन सेवा पनि ठप्प हुने अवस्थामा पुगेको थियो ।

अर्थ मन्त्रालयले वीर अस्पताललाई साढे ४ करोड बजेट निकासा गरेको मन्त्रालय स्रोतले बताएको छ ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १९:३५