७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको भाउमा भारी गिरावट, यस्तो छ कारोबार मूल्य

१९ पुस, काठमाडौँ । साताको पाँचौ कारोबार दिन बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतिताेला १३०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुनको प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार ११:१८