१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सातै प्रदेशका पदाधिकारीलाई प्रशिक्षण दिँदै ओली

१९ पुस, काठमाडौँ । नेकपा (एमाले)ले सातै प्रदेशका पदाधिकारीलाई प्रशिक्षण दिँदै छ । बिहीबार पार्टी मुख्यालय च्यासलमा सबै प्रदेशका पदाधिकारीलालाई प्रशिक्षणका लागि निम्त्याएको छ । मध्यान्ह १२ बजेपछि हुने प्रशिक्षणमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताले सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले दैनिकीलाई जानकारी दिए ।

एमालेको एक प्रदेशमा ५ पादधिकारी रहेका छन । सातै प्रदेशमा गरी कुल ३५ जना पदाधिकारीले प्रशिक्षणमा सहभागिता जनाउने छन । एमालेमा प्रदेश संरचनामा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार ११:२७