३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुनुवा फरार

१८ पुस, काठमाडाैं । जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार भएका छन्। म्याद थपका लागि बुधबार दिउँसो १ बजेतिर जिल्ला अदालत काठमाडौं लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका हुन्।

उनी डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए। अदालतमा म्याद थपका लागि लैजाँदा उनी अदालतभित्रैबाट हतकडीसहित फरार भएको प्रहरीले बताएकाे छ । उनलाई महाराजगञ्ज बृत्तको टोलीले पक्राउ गरेर म्याद थपका लागि लगेको थियो।

प्रकाशित मिति : January 3, 2024 at 4:37 pm