२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई बचत रकम माग दाबी गर्न आग्रह


१८ पुस, काठमाडाैं। सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई बचत रकम माग दाबी गर्न आग्रह गर्न अनुराेध गरेकाे छ ।

बुधबार कार्यालयले सूचना जारी गर्दै भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेका सहकारीबाट ठगिएका बचतकर्तालाई ३५ दिन भित्र आफ्नो बचत अनलाइन मार्फत माग दाबी गर्न आग्रह गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुले आफूले पाउनुपर्ने रकमको मागदाबी समितिको वेबसाइट www.coopmc.gov.np मा स-प्रमाण पेस गर्न भनिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट २०८० भदौ २५ गतेको निर्णयानुसार सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरिएको छ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १४:५२