२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मल्टीपर्पस फाइनान्सको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?


१८ पुस, काठमाडाैँ। मल्टीपर्पस फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा राखिएकाे सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजको मितिले १५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, जनकपुरधाम, बिद्यापति चोकमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १३:०३

https://srdb.com.np/