१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सत्ता गठबन्धनले साँझ ५ बजे एमालेसँग छलफल गर्ने

१८ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्ने भएका छन् । एमालेसँग साँझ पाँच बजे छलफल गर्ने तयारी छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन थिए ।

उक्त छलफलमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक आज अपराह्न तीन बजे बस्ने र त्यसपछि साँझ ५ बजे फेरि नेकपा एमालेसँग संयुक्त बैठक बस्ने सहमति भएको बताइएकाे छ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १२:५४