७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

आज पनि बढ्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य

१७ पुस, काठमाडाैं । अंग्रजी नयाँ वर्षको सुरुवातैसँगै बढेको सुनको मूल्यवृद्धिले आज पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतिताेला ५ सय रुपैयाँले बढेर छापावाल सुन प्रतिताेला १ लाख २१ हजार र तेजावी सुन प्रतिताेला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लाे काराेबारकाे दिन छापावाल सुन प्रतिताेला एक लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ११:०८