लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई नयाँ वर्ष डिलाइट २०२४ योजना
१७ पुस, काठमाडाैं। हुन्डाई अटोमोवईल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई ध्यानमा राख्दै हुन्डाई नयाँ वर्ष डिलाइट- २०२४ योजना ल्याएको छ । यो ग्राहकमुखी योजना यहि पुस १६ गतेदेखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ।
उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छूट,विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँसम्मको गो-ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा ५ लाख रुपैयाँसम्मको छूट प्राप्त गर्न सक्ने छन् ।
यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीले बताएको छ ।
यस स्किमबाट हुन्डाईको कुनै पनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरि फाईदा लिन सकिनेछ। कम्पनीले नेपाल भरी १७ वटा शोरुमहरु तथा १९ वटा सर्भिस सेन्टरहरुर ४३ चार्जिङ पोइन्टहरुमार्फतग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित मिति : January 2, 2024 at 10:21 am









