२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

विदेशमा गएर रोजगारी गर्छु भन्दा गृह प्रशासनले दुई युवाको हत्या गर्योः रवि लामिछाने

१६ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गृह प्रशासनले दुई जना युवाको हत्या गरेको बताएका छन्।

सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा बोल्दै लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर दुई युवाको हत्या गरेको बताएका हुन् ।

‘गृहमन्त्रीज्यू, तपाईँलाई म  स्पष्ट भन्छु देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु भन्ने आशा बोकेर गएको युवाको गृह प्रशासनले हत्या गर्यो’, उनले उच्च राजनीतिक नैतिकताको अपेक्षा गर्दै बालकुमारी घटनामा पूर्व सूचना हुँदाहुँदै पनि गृहप्रशासनले लापरबाही गरेको बताए ।

यनले भने, ‘पहिला गोली चलेको हो कि मन्त्रीको गाली जलेको हो ? त्यसमा पनि तपाईँहरुको गोलमटोल जवाफ छ ।’ साथै, लामिछानेले गोली चलेर मानिस ढलिसकेपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको भिडिओहरू बाहिरिएको  बताएका छन्।

प्रकाशित मिति : 12:45