१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

१५ प्रतिशत लाभांश पारित गर्न छिमेक लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

८ पुस, काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बाेलाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हाे ।

लघुवित्तले पुस २९ गते होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते देखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : December 24, 2023 at 11:58 am