२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

छुट्ला है ! एक कम्पनीको ५.२५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


८ पुस, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सको ५.२५३ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज पुस ८ गते अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएको छ । पुस ९ र १० गते क्रमशः क्रिसमस-डे र उधौली पर्वको अवसरमा सार्वजनिक बिदा रहेका कारणले सेयर बजार पनि बन्द रहनेछ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले यस फाइनान्सको लाभांश पाउन सक्नेछन् । कम्पनीले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ११:३९

https://srdb.com.np/