७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

८ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजावी १ सुन १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ११:२७